Madison Kothey Sahitya

कविता : दुव्र्यसन

कविता : दुव्र्यसन
– उर्मिला सुवेदी


स्कुल जाने छोराछोरी छैनन् सुरक्षित
पापीहरू घुमिरहन्छन् यत्रतत्रसित ।
बच्न खोज्दाखोज्दै पनि फसाइदिन्छन् त्यसै
डर धम्की देखाइदिन्छन् बरु खान बेसै ।।

खानदिन थालेपछि मिल्ने साथी बन्ने
यो खाएमा पढ्न आउँछ अनि अगि बढ्ने ।
आजभोलि गर्दा गर्दै लत बन्दै जान्छ
त्यो तेजिलो दिमागलाई अनि त्यसले खान्छ ।।

घरमा झगडा गर्न थाल्छ दिदी बहिनीसँग
गाँजा चरेस खान पाउँदा उसलाई लाग्छ रङ्ग ।
गाँजा चरेस व्यापार गर्ने कुख्यातहरू सुन
देश हाँक्ने युवाहरूलाई के गर्दै छौ गुन ।।

समाजमा अपराधी बढ्दै गाको छ नि
बाआमाको सपना त धुजाधुजा भो नि ।
एउटा भाको सन्तानलाई दुव्र्यसनले गाँज्यो
डक्टर बन्छु भन्थ्यो छोरा तस्करले भाँज्यो ।।

मेरो जस्तो पीडाहरू घरघरमा छ नि
जसले बेच्छ गाँजा चरेस हातै काट्नु अनि ।
लाज हुन्छ भनीकन चुप लाएर बस्दा
कुख्यातहरूले रत्नहरूलाई दिउँसै छुरी धस्दा ।।

समाजका बुद्धिजीवी मेरो कुरा सुन
तस्करहरूको मूल जरोमा एसिड हाल्दै छन् ।
दिन दिन छोराहरू अधोगति गा’छन्
बुढेसकालमा बाबाआमा जिउँदै मरिराछन् ।। ०

No comments:

Post a Comment