Madison Kothey Sahitya

कविता : समय अब सकिएको छ

 कविता : समय अब सकिएको छ
– उर्मिला निर्दोषी


विभेदका थालहरूमा
हिजो व्यथाहरू पस्केर खाने मनहरू
सुस्केराहरू पेटभरि डकार्थे
आँसुहरूले प्यास बुझाउँथे
केवल ‘अतृप्त चाहना थियो त्यही सुधारको’
त्यसमै प्रतीक्षा पाल्थेँ

छातीभित्र कैयौँ सोलाहरू लुकाउँथेँ
सयाँै अनिदा रातहरू बनेर
मुटुमा हजारौँ गाँठोहरू सँगाल्थेँ
मात्रै, अजीर्णताहरू चपाइरहन्थेँ


अजीर्णताहरू नै केवल विकल्पहरू थिए
निःसन्देह, निःशब्दका सहाराहरू थिए

नयनहरूलाई केवल वर्षामा रूपान्तरित गर्थें
मुटुभित्र अनेकौँ मनसुनहरू बोक्थेँ
रहरहरूलाई भित्रभित्रै सल्काएर
केवल अन्तरात्माभित्र खागहरू साँच्थे ँ
निभाइरहन्थे नारी हुनको सजाय

कहालीलाग्दा भत्किएका दिनहरू बिताउँदै
विध्वंस भुइँचालोहरू निलिरहन्थे
केवल ‘समाज र भाग्यहरूको सम्झौतामा’
खण्डित सिसाहरू, मनको कुनामा समेटिरहन्थेँ र
निभाइरहन्थे नारी हुनको सजाय

कृपया ! आज दुवै कान खोलेर सुन्नुहोस्
आज मनहरूको ‘सोचाइमा ठूलो परिवर्तन’ भएको छ
बादलहरू आकाशमा ‘आफैँ आफैँ मडारिँदै’ फाटेका छन्
सागरका छालहरू पनि उर्लेर रातमै ‘अशान्त’ बनेका छन्
आत्मविश्वासका झङ्कारहरू क्षितिजभरि फैलिइरहेका छन्
‘मनहरू आत्माको अन्तक्र्षितिजबाट स्वर्णिम भएर’ उदाएका छन्

अँध्यारोहरू केवल हरुवाहरू हुन् भनेर
मनहरूले आफूलाई पढाएका छन्
अनि मुस्कुराउँदै प्रसन्नतामा मनहरूले फैसला सुनाइरहेका छन्

बन्द गर ! तिम्रा सब ‘ती हाउगुजीहरू’
बन्द गर ! तिम्रा सब ‘ती हाउगुजीहरू’

‘बस ! अब समय सकिएको छ
अबला भनेर हेप्ने समय सकिएको छ ।’ ì

No comments:

Post a Comment